काठमाडौं । सोमबार बस्ने मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्छ भनेर धेरैले अनुमान गरेका थिए । तर, सरकारले कुलमानका समर्थकलाई निराश बनाएको छ । प्राधिकरणको कार्यकारी अधिकृतको सन्दर्भमा आजको मन्त्री परिषद बैठकले कुनै पनि निर्णय गर्र्न सकेन ।
रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा भने बामदेव गौतमलाई सरकारले सिफारिस गरेको छ । यस अघि सत्तारुढ नेकपाको सचिवालय बैठकले गौतमलाई उक्त पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रिय सभामा अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । नेपाललाई लोडसेडिङ मुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका घिसिङलाई पुनः दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गर्नुपर्छ भन्ने जनदवाव छ ।
Comments are closed.