बारबिक्यु, मटिया र हाँसको छोइलाका लागि ‘चिम्नी रेष्टुरेन्ट’

आर्थिक आवाज
पोखरा, २९ जेठ । पोखराको नागढुंगामा चिम्नी रेष्टुरेन्ट सञ्चालनमा आएको छ । थीरमणि पौडेल, शिव संसार श्रेष्ठ, विजय ढकाल र सुवास थापाको संयुक्त लगानीमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

लोकल तथा नयाँ स्वाद ग्राहकलाई उपलब्ध गराउने लक्ष्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकहरु बताउँछन् । बारबिक्यु, मटिया र हाँसको छोइलाका लागि रेष्टुरेन्ट उपयुक्त गन्तव्य बन्ने सञ्चालक शिव संसार श्रेष्ठले बताए ।

‘नयाँ कन्सेष्टसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘फरक खालको स्वादबाट पोखरेलीको मन जित्न सफल हुनेछौं ।’ रेष्टुरेन्टमा ८० लाख रुपैयाँ भन्दा बढी लगानी भएको बताइएको छ ।

नेपाली खानाका सेटका साथमा अर्डर अनुसारका परिकारको स्वाद रेष्टुरेन्टमा लिन सकिनेछ । शान्त तथा परिवारिक वातावरणमा सेवा प्रदान गरिने सञ्चालक थीरमणि पौडेलले बताए ।

educational
टिप्पणिहरु
Loading...
Education Fair