पोखरा ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमबाट ५१ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता तथा क्लबका अध्यक्ष आरती अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका प्रथम भाईस गर्भनर विशेश्वर आचार्यले क्लबले छोटो समयमा नै उत्कृष्ट काम गरी डिष्ट्रिक्टमा नै उत्कृष्ट क्लब बन्न सफल भएको बताए साथै आगमी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा क्लष्टर चिफ सुर्यनारायण बराल, रिजन चियर पर्सन गणेश ढुङ्गाना, शान्ता थापा, डिष्ट्रिक्ट चियरपर्सन शोभाकान्त पौडेल, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ शिवराज आचार्य, ब्लड डोनस डिपार्टमन्ट चिफ बालकृष्ण शर्मा, डिष्ट्रिक्ट एडभाईजर ठाकुरप्रसाद अधिकारी, को चिफ एडभाईजर सुचित्रा थापा, , मिड टाउनक अध्यक्ष विश्वास भण्डारी, सचिव लेख के.सीलगायत सहभागी थिए ।
कार्यक्रममा क्षेत्रिय पुर्व शिक्षा निर्दैशक योगन्द्र बस्नेत,। ३५ बर्षको उमेरमा ५० भन्दा धेरै पटक रक्तदान गरेका प्रेमप्रसाद सुवेदीले लगायतले रक्तदान गरेका थिए । सुवेदीलाई सो अवसरमा सम्मन पनि गरिएको थियो । रक्तदान कार्यक्रममा क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
क्लबका अध्यक्ष आरती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजम रोजी श्रेष्ठले संचालन गरेकी थिईन् । कार्यक्रम सफ पार्न सहयोग गरेकोमा क्लबका सदस्य, अतिथी, रक्तदाता लगायत सम्पुर्णमा उनले धन्यवाद ब्यक्त गरिन् ।
Comments are closed.