बाराही दोहोरीघरद्धारा अध्यक्ष गुरुङ सम्मानित

पोखरा १९ भदौ ।

पोखराको महेन्द्रपुल बास्तोलाथरमा भर्खरै सञ्चालनमा आएको बाराही दोहोरीघरले लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघ कास्कीका अध्यक्ष जिवन गुरुङलाई सम्मान गरेको छ । सोमबार सांझ एक कार्यक्रमका बीच रोधीघरका सञ्चालक अन्तराष्ट्रिय भलिवल रेफ्री टहल सिंह थापा र उनका श्रीमती दिलु लामा थापाले लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघ कास्कीका अध्यक्ष जिवन गुरुङलाई सम्मान गरेका हुन् ।

सो अवसरमा वोल्दै लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघ कास्कीका अध्यक्ष जिवन गुरुङले कुनैपनि ब्यवशाय सुरु गर्नु भन्दापनि यसलाई निरन्तरता दिनु महत्वपूर्ण पक्ष रहेको वताउदै बाराही दोहोरीघरले दोहोरी क्षेत्रमा भएका विसंगतीको विरुद्धमा लागेर दोहोरीको संरक्षण र प्रवद्र्धन गर्नतर्फ अगाडी वढ्न आग्रह गरे । गुरुङले पोखरामा पछिल्लो समय दोहोरीहरु खुल्ने र बन्द हुने क्रम वढ्दो रहेको वताउदै आफ्नो पेशालाई मर्यादित बनाएर अगाडी वढ्न समेत दोहोरीघरका सञ्चालकलाई आग्रह गरे ।

दोहोरीमा सोमबार सांझ मौलिक लोकदोहोरी गायक कुमार पुन, माया गुरुङ, राजु गुरुङ र दोहोरीघरका नियमित कलाकारहरुको प्रस्तुतीले रोधीघरमा आउने पाहुनालाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

You might also like

Comments are closed.