बार्दली सहकारीको अध्यक्षमा रेशम सापकोटा

पोखरा,७ भदौ । बार्दली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः रेशम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

उपाध्यक्षमा ऋषिराम आचार्य, सचिवमा मोहनप्रसाद सापकोटा, सहसचिव ओम बोगटी, कोषाध्यक्ष डिल्लिराम पौडेल छन् ।

सञ्चालक समितिको सदस्यहरुमा अमरदीप पराजुली, बलराम सुवेदी, डिल्लिराम सुवेदी, क्षितिज सापकोटा, नारायण प्रसाद भण्डारी, देवु कार्की, गीता पाण्डे र रुपा केसी छन् । लेखा समिति संयोजकमा चन्द्रकान्त पोखरेल तथा सदस्यहरुमा सुमिता क्षेत्री र भोजराज पोखरेल चयन भए ।

साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सरकारले ल्याएको एक सहकारी एक सदस्यको नीतिलाई सहकारी संघ संस्थाले पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक प्रसाद आचार्य, बार्दलीका सल्लाहकार बखानसिँह गुरुङ लगायतले शुभकामना मन्तव्य राखे । संस्थाका अध्यक्ष रेशम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विरबहादुर थापाले स्वागत र सचिव मोहन सापकोटाले संचालन गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, संस्थाका ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, व्यक्तिगत तथा व्यावसायिक निक्षेप तथा कर्जाका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।

वि.सं २०७२/७३ मा १० लाख ८६ हजार शेयर पूँजीबाट कारोबार शुरु गरेको संस्थाको हाल रु तीन करोड ३५ लाख ८१ हजार ५०० शेयर पूँजी रहेको छ । संस्थामा ४ सय ९३ जना शेयर सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले संस्थामा आवद्ध सदस्यको आर्थिक अवस्था सुधार गरी उचित प्रतिफल दिने गरी आफू नेतृत्वको सञ्चालक समितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.