पोखरा । विश्वभर महामारी रूपमा फैलिदै गरेको ‘नोबेल कोराना भाइरस’का कारण पछिल्लो समय नेपालमा समेत जोखिम बढेपछि बजारमा मास्कको अभाव भएको छ । मास्कको माग अत्याधिक भएपछि पोखरेली फूटबल प्रेमिहरूको संस्था बार्सा नेपाल पोखराले शनिबार पोखराका मुख्य चोकहरूमा मास्क निःशुल्क वितरण गरेकोछ । साथै संस्थाले कोरोना सचेतना सम्बनधी पम्प्लेट बितरण कार्यक्रम समेत गरेको छ ।
सरकार तथा विश्व स्वास्थ्य संगठन दुवैले निर्धारण गरेका नियम र सतर्कताहरू अपनाउदै कार्यक्रम सम्पन्न गरिएको संस्थाका सदस्य केशव आचार्यले जानकारी दिए । कार्यक्रमको प्रथम चरणमा ५ सय वटा मास्क वितरण गरिएको थियो भने दोस्रो चरणमा २ हजार मास्क वितरण गरिने आचार्यले जानकारी दिए ।
Comments are closed.