बालविकासमा पढाउने शिक्षकले बालमनोविज्ञान बुझ्नुपर्छ : मन्त्री पुन

पोखरा, १७ पुस
प्रारम्भिक बालविकासको रणनिती निर्माण सम्वन्धी परामर्श कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले वालावलिकालाई कस्तो बनाउने भन्ने कुरा गर्भावस्थादेखी नै ध्यान दिनुपर्ने बताईन् । गर्भवती अवस्थामा महिलाले खानुपर्ने पौष्टिक तत्वका वारेमा जानकारी दिनु आवस्यक रहेको उनको भनाई छ । वालवालिकाको शारिरिक,मानसिक तथा संवेगात्मक विकासको लागि आवस्यक पर्ने पौष्टिक तत्व खुवाउनुपर्नेमा उनको जोड छ । वालविकास केन्द्रमा पढाउने शिक्षकलाई बालमनोविज्ञान सम्वन्धी ज्ञान हुनु आवस्यक रहेको बताईन् । सडक निमार्ण गर्नु भौतिक विकास हो । मानविय संशाधनको विकास नभएमा समाजको विकास हुन सक्दैन । यसलाई पनि ध्यान दिनु जरुरी छ ।

गण्डकी प्रदेशका सासंद मन बहादुर गुरुङले नीति तथा कार्यक्रम बनाएपछि कार्यन्वयन गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव गोपाल प्रसाद अर्यालले ८ बर्षसम्मका बालवालिकाका आवस्यकतालाई विचार गरेर रणनिती बनाउनुपर्ने बताए । अवको आवस्यकता भनेको अन्तराष्ट्रियस्तरका जनशक्ती उत्पादन गर्नु रहेकोमा उनले जोड दिए ।

सेतो गुरासँ राष्ट्रिय वालविकास सेवाका प्रेम नारायण अर्यालले यस कार्यक्रममा विभिन्न ७ मन्त्रालयको सहभागिता रहेको जानकारी दिए । ७ गाउँपालिका, ७ नगरपालिका र ७ प्रदेशमा कार्यक्रम गरिने उनले बताए । गर्भावस्थादेखी ८ बर्षसम्मका वालवालिकाको शारिरिक, सामाजिक, संवेगात्मक, भाषिक तथा बौद्धिक विकास प्रारम्भिक बालविकास अन्तर्रगत पर्दछन् ।

राष्ट्रिय योजना आयोग सगँको सहकार्यमा भएको कार्यक्रमलाई युनिसेफ नेपाल प्रारम्भिक बालविकास कन्सोर्टियमले सहयोग गरेको छ । सेतो गुरासँ कास्कीका उपाध्यक्ष नारायणी कोईरालाले स्वागत गरेको उक्त कार्यक्रमको संचालन शान्ता खत्रीले गरेकी थिईन् ।

You might also like

Comments are closed.