बालविकास केन्द्रका विद्यार्थीलाई युनाइटेड चौतारीद्वारा शैक्षिक सामग्री सहयोग

पोखरा, ८ भदौ ।

लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले पोखरा १४ सेती दोभान नमुना टोल विकास संस्थामा रहेको बालविकास केन्द्रका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । केन्द्रमा ७० जना विद्यार्थी छन् । स्टेशनरीका साथै खेलकुदका सामान पनि वितरण गरिएको क्लबका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।

क्लबका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा डिपार्टमेन्ट चिफ श्यामकृष्ण श्रेष्ठ, जिएलटी कोर्टिनेटर राजु श्रेष्ठ, जोन चियरपर्सन सुशीला सिग्देल लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वातग प्रथम उपाध्यक्ष लिलाधर अधिकारी र सञ्चालन सचिव लालकाजी गुरुङले गरेका थिए ।

 

You might also like

Comments are closed.