पोखरा ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमले किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा आइतबार पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत बितरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा–९, प्रदर्शनी केन्द्र,लेकसाइड र बिरौटामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि राहत बितरण गरिएको हो ।
राहतमा दाल, नुन, तेल, आलु, चिनी,चियापत्ति,साबुन, सेनेटेरी प्याड र मास्क समावेश गरिएको थियो । राहतमा ३ जनाभन्दा बढीको परिवारलाई ३७ सय र त्योभन्दा कम संख्या भए २३५० को सामग्री समेटिएको थियो । ती सामानहरु पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोला, वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन, संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपमहासचिव चिनु गुरुङसहित कार्यसमितिका सदस्यहरु कुमारी मुना बास्तोला, ऋषिराम शर्मा भण्डारी, रामेश्वर अधिकारी, रुद्रप्रसाद लुइँटेल,देवेन्द्र केसी तथा वैदाममा वडा सदस्य हरि पहारी एवं विरौटामा वडा सदस्य तारा सेवा लगायतले बितरण गरेका थिए । कार्यक्रममा बालश्रम न्यूनिकरण कार्यक्रम लेकसाइड सेन्टरका अध्यक्ष मंगल नेपाली, विरौटा सेण्टरकी अध्यक्ष मनसुबा गुरुङ र सल्लाहकार टोपराज ढुंगाना,किडासाका परियोजना विकास अधिकृत रमेश बास्तोला एवं बालश्रम न्यूनिकरण कार्यक्रमकी अधिकृत प्रिति पाण्डेको पनि सहभागिता थियो । लकडाउनले गर्दा मजदूर र न्यून आय भएकाहरुको रोजिरोटी गुमेपछि किडासाको सहयोगमा राहतको कार्यक्रम ल्याइएको पाण्डेले बताइन् ।
Comments are closed.