बाल उद्यानः बालबालिकादेखि बृद्धसम्मका लागि रमाउने ठाउँ (सन्दर्भ सडक महोत्सव)

लक्ष्मण बराल, प्रथम उपाध्यक्ष, रेवान पोखरा

महोत्सवको मूख्य रमाउने ठाउँ वाल उद्यान हो । यो कोमागाने पार्कभित्र राखिएको छ । महोत्सवमा खानाका परिकारको स्वाद लिने, नाच्ने र गाउनेसँगै वाल उद्यानमा रमाउने पनि उत्तिकै हुन्छन् । बालबालिकादेखी बृद्धबृद्धासम्म भुल्ने र रमाउने भनेकै बाल उद्यान हो । यसमा साना साना बालबालिकाका लागि खेल्ने ठाउँ छ । जहाँ बालबालिकाले घोडा चढ्ने, गाडी चढ्ने, पिङ खेलेर रमाइलो गर्न पाउँछन् । उनीहरुका लागि भनेरै रमाइलो मिनि रेल पनि ल्याएका छौं । जहाँ चढेर बालबालिकाले रेल चढ्ने ईच्छा पूरा गर्न सक्छन् । त्यस्तै युवादेखी बृद्धबृद्धाका लागि ठूलठूला पिङहरुसमेत रहेकाले उनीहरुले पनि बालबालिकासँगै रमाइलो गर्न सक्छन् । यसमा बालबालिका लिएर आउनेहरुले आफ्ना बालबालिकाहरुलाई मनोरञ्जन दिदै आफैपनि मनोरञ्जनमा रमाउन पाउँछन् । हामीले ठूलो रोटे पिङ, छड्केलगायतका ठूला पिङ राखेका छौं ।

बाल उद्यान नजिकै खानाका स्टलहरु राखेका छौं । १६ वटा खानाका स्टल कोमागाने पार्क भित्र रहन्छन् । यसमा देशका विभिन्न जातजातिको टिपिकल खाना जस्तै थकाली खाना, नेवारी खाजा सेट समयबजी, चटामरी, सेलरोटी, फेवाताल, रुपाताल, बेगनासताललगायतका ठाउँहरुको माछाका परिकारहरुपनि यी स्टलहरुमा पाइन्छन् । महोत्सवमा यसपटक फिस्टेल लजले नै स्टल राखेर गुणस्तरीय र हाइजेनिक खाना पस्कदैछ । यसैगरी चाइनिज, इटालियन, ईण्डियन, भियतनामी, कोरियनलगायतका खानाका स्वाद पनि यी स्टलहरुमा लिन सकिन्छ ।

You might also like

Comments are closed.