बाल कल्याण संस्थाले मनायो बालबालिकाको जन्मोत्सव

पोखरा । बुबाआमा गुमाएका बालबालिकाको संरक्षण गर्दै आएको बाल कल्याण संस्था सेदीबगर पोखराले शनिबार केक काटेर बालबालिकाहरुको जन्मोत्सव मनाएको छ । गण्डकी प्रदेशका सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केक काटेर बालबालिकाहरुको जन्मोत्सव मनाइएको हो ।

कार्यक्रममा सांसद कोइराला, नेकपा नेतृ तथा संविधान सभाका पूर्व सभासद तेजकुमारी पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बालबालिकाहरुलाई भोजसमेत खुवाइएको थियो ।

बुबाआमा नभएका असहायः बालबालिकाको पालनपोषण र शिक्षा दीक्षा दिदै आएको बालकल्याण संस्थाले सबै बालबालिकाको एकैपटक उत्सवको रुपमा जन्म दिन मनाउने गरेको संस्थाका बाल कल्याण संस्थाका कार्यकारी निर्देशक बिजयकुमार प्रधानले जानकारी दिए ।

आफ्नै बारीमा अर्गानिक तरकारी, फलफुल, अण्डा, मासु, दूधलगायत उत्पादन गरेर बालबालिकालाई खुवाउँदै अब्बल शिक्षा प्रदान गर्दै आई ‘ए’ ग्रेड प्राप्त गर्न सफल बालकल्याण संस्थामा हाल १ सय ५० बालबालिका रहेका छन् ।

You might also like

Comments are closed.