बाल मन्दिरका बालबालिकासँग कलाकार स्वस्तिका, बिदामा पनि ज्ञान सिक्दैछन् यी बालबालिका

काठमाडौं, २५ पुस । काठमाडौंको नक्सालस्थित बालमन्दिर स्कुलमा यतिबेला जाडो बिदा छ । तर, विद्यार्थीहरु भने स्कुल आउन टाडेका छैनन् । बिदामा पनि उनीहरुले पढिरहेका छन् र ज्ञान हासिल गरिरहेका छन् । तर, यतिबेला उनीहरुको पढाई र सिकाई भने फरक छ ।

अन्य दिनमा जस्तो स्कुलको पढाई होइन उनीहरुले बोल्ने कला सिकिरहेका छन् । उनीहरुलाई कलाकार स्वस्तिका लामिछानेले यतिबेला उद्घोषण कला सिकाइरहेकी छन् । विद्यालयका ६० जना विद्यार्थीले आफूसँग उद्घोषण कला सिकिरहेको लामिछानेले जानकारी दिइन् । बालमन्दिर स्कुलमा अनाथ बालबालिकाहरु अध्ययनरत छन् ।

‘सेवाको भाबले बढेका मेरा यी हातले आज सुनौलो भबिष्य खोजिरहेका ती अबोध अनाथ बालबालिकाहरुलाई सेवा गर्ने मौका पाएँ,’ उनले भनिन्, ‘उनीहरुको हात माथि आफ्नो हात राखेर केही सिकाउन पाएँ । आफूले जानेका र आफूू हिडेको केही नियम अनुशासन र संस्कार सिकाउन अबसर जु¥यो । साच्चै सेवा नै सबै भन्दा ठुलो धर्म रहेछ ।’

You might also like

Comments are closed.