बाल विकास केन्द्रलाई प्राइम सहकारीको सहयोग

पोखरा, १ असोज ।

पोखराको प्राइम सहकारी संस्था लिमिटेडले पोखरा १४ सेतीदोभान नमुना टोल विकास संस्थाले सञ्चालन गरेको नमुना बालविकास केन्द्रलाई सहयोग गरेको छ । बाल दिवसको अवसरमा सहकारीले शुक्रबार एक कार्यक्रमका बीच केन्द्रलाई आवश्यक फर्निचर, म्याट, दराज लगायतका सामान सहयोग गरेको प्रवन्धक निरु थापाले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष शंकर कार्कीले बालविकास केन्द्रले बालबालिकाको उज्ज्वल भविष्यको रेखा कोर्ने अपेक्षा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए । सहकारीका सल्लाहकार उपेन्द्र पौडेलले सहकारीले बालविकासमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

टोल विकास संस्थाका सल्लाहकार जगन्नाथ तिमिल्सिनाले जनताकै श्रमदानबाट बनेको विद्यालयमा आफू सधैं सहयोग गर्न तयार रहेको बताए र व्यक्तिगत रुपमा पंखा राखिदिने निर्णय गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीले समय समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.