बास्केटवल प्रतियोगितामा हिस्तान म्याग्दी, ताङतिङ, जेभियर र खिलाङ अन्तिम चारमा

आर्थिक आवाज
पोखरा, २७ मंसिर । धन गुरुङको ३० प्वाइन्ट स्कोेरिङमा ताङतिङ ए प्रथम युनाइटेड कप बास्केट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । अमरसिंह माविको बास्केटवल कोर्टमा बिहीबार सम्पन्न क्वार्टर फाइनलमा ताङतिङ बीले अमरसिंहलाई ६३–५३ स्कोरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भए । प्रतियोगितामा खिलाङ एका खेलाडी निश्चल महर्जनको २५ प्वाइन्ट स्कोरिङले काजीपोखरीलाई ५४–३९ स्कोरले पछाडि पार्दै सेमी फाइनलको यात्रा तय गर्न सफल भयो ।

हिस्तान म्याग्दी र बीएमबीसी बीचको खेलमा हिस्तान म्याग्दीले बी एम बी सीलाई ६५–६२ स्कोरले पराजित गर्न सफल भयो । उक्त खेलमा हिस्तान म्याग्दीका जिमेन पुनले २१ प्वाइन्ट स्कोर (बास्केट) गर्न सफल भए । अर्को खेलमा जेभियरले ताङतिङ बीलाई ४५–३७ स्कोरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा जेभियरका निकेश मगरले २२ प्वाइन्ट स्कोर (बास्केट) गर्न सफल भए ।

बिहीबार सम्पन्न महिला तर्फको खेलमा समृद्धि गुरिल्ला काठमाण्डौ, अमरसिंह बटालियन, ग्रीनहिल र मेसा सेमीफाइनल प्रवेश गरेका छन । प्रौढ तर्फ एक्स एबिसी, एक्स आर्मी, कास्की जिल्ला बास्केटवल संघ र लाली गुराँस पुन मगर समाज लामाचौर सेमी फाइनलमा प्रवेश गरेका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...