बिग मर्जरमा जान कुन कुन बैंक तयार ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु मर्जर्मा जाने लिखित प्रतिवद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्न थालेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति आउनु पूर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब ल्याउन निर्देशन दिएपछि आइतबारसम्म १५ वटा वाणिज्य बैंकहरुले यस्तो लिखित प्रतिवद्दता बुझेका हुन् । आजको आर्थिक अभियानमा समाचार छ ।

राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार हालसम्म १५ वटा वाणिज्य बैंक, एउटा विकाश बैंक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिवद्धता आएको छ ।

मर्जरको लागि प्रतिवद्दता बुझाउने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ«े बैंक, सेन्चुरी बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, मेघा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।

You might also like

Comments are closed.