बिटुबि मिटिङका लागि युरोपका विभिन्न देश जाँदै पौडेल र अधिकारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै संघका कार्यसमिति सदस्यद्वय हर्कबहादुर अधिकारी ‘मिरज’ र सोवित पौडेल युरोप भ्रमणमा निस्किएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग १३ दिनको लागि युरोप भ्रमणमा उनीहरु जादैछन् ।

पोखराबाट शनिबार विदाई भएका अधिकारी र पौडेल सोमबार बिहान महासंघको टोलीसँग युरोप प्रस्थान गर्नेछन् । स्विजरल्याण्ड, फ्रान्स, इटाली, बेल्जियम, जर्मन, नेदरल्याण्ड र आइसल्याण्ड लगायतका देशमा ‘बिजनेस टु बिजनेस’ (बिटुबि) मिटिङ हुनेछ ।

‘व्यावसायिक अध्ययन र अवलोकन भ्रमणका लागि युरोप जाँदैैछौं,’ पौडेलले भने, ‘भिजिट नेपाल २०२० लाई प्रचारप्रसार गर्न तथा व्यवसाय प्रवद्र्धन गर्न भ्रमण फलदायी हुने हाम्रो विश्वास छ ।’ नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको भ्रमणका क्रममा आफूहरुले पर्यटकीय नगरी पोखराको प्रचारप्रसारसमेत गर्ने अधिकारीले बताए । पोखरा उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमका बीच उनीहरुलाई विदाई गरेको छ ।

You might also like

Comments are closed.