बिन्दबासिनी र ताल वाराही मन्दिरलाई अटोमेटेड हात धुने मेसिन हस्तान्तरण

पोखरा ।
लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले  अटोमेटेड हात धुने मेसिन हस्तान्तरण गरेको छ ।  बिन्दबासिनी र तालवारही मन्दिरलाई मेसिन हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष डोलराज पोखरेलले जानकारी दिए ।

कार्यक्रममा एफडब्लुसी मल्टिपल कोअर्डिनेटर दीपक श्रेष्ठ प्रमुख अतिथी थिए । कार्यक्रमका वोल्दै उनले यस्ता मेसिनले हात धुन सहज हुने भएकोले कोरोना महामारीलाई कम गर्न सहयोग पुग्ने बताए । क्लबका अध्यक्ष कृष्णप्रसाद कोइरालाले नेपालमा लायन्स स्थापनाको ५० औं बर्षको अवसरमा समय सापेक्ष रुपमा हात धुने मेसिन हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा रिजन चियसपर्सन ज्ञानेन्द्रराज कोईराला, बिन्दबासिनी धार्मिक क्षेत्र बिकास समितिका उपाध्यक्ष पबित्र राज रेग्मी, सचिव एबम साहित्यकार तिर्थ श्रेष्ठ , कोषाध्यक्ष सुर्य प्रसाद सुबेदी, तालबाराही मन्दिर गूठी ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवर, प्रथम उपाध्यक्ष परशुराम पहारी लगायत उपस्थित थिए ।

You might also like

Comments are closed.