रसाइली दम्पत्तीले गरे बिपन्न ५५ परिवारलाई सहयोग

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन गरिएपछि समस्यामा परेका विपन्न परिवारलाई प्रताप रसाइली र रुपा रसाइलीले आइतबार बिहान वडा नं. २७ का वडा सदस्य प्रेम बराल, बुद्धिमाया रिजाल र सरस्वती नेपाली सरुको रोहबरमा वडाका विभिन्न टोलका ५५ घरपरिवारलाई खाद्यान्न राहत बितरण गरेका हुन् ।

 

रसाइलीले प्रति परिवार १३ केजी चामल, एक केजी दाल, आधा लिटर तेल र सरसफाइका लागि सावुन बितरण गरेका हुन् । लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई राहत पुगोस भनेर खाद्यान्न सहयोग गरेको रसाइली दम्पत्तीले बताए । उनीहरुले आफ्नो घर नजिकै खुल्ला स्थामा भौतिक दुरी कायम गरी राहत बिरतण गरेको वडा सदस्य प्रेम बरालले जानकारी दिए ।

अमेरिकामा काम गर्दै आएका रसाइली लकडाउनका कारण घरमै रोकिएपछि वडासँगको समन्वयमा सहयोगका लागि जुटेका थिए । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने नेपालीको संस्कृति रहेको उल्लेख गर्दै वडा सदस्य बरालले रसाइलीले पनि दुःखमा साथ दिएको उल्लेख गरे ।

You might also like

Comments are closed.