बिबाहित महिलाहरुको फेसबुक ग्रुपबाट मृगौला पीडित थापालाई आर्थिक सहयोग

पोखरा, १८ साउन । महिलाहरुको एक टोलीले दुवै मृगौला फेल भएर उपचार गराइरहेका सुमित थापालाई सहयोग गरेका छन् । विवाहित महिलाहरुको फेसवुक ग्रुप श्रीमती संगठनले रामेछाप स्थायी घर भई पोखरा–१२ भाडाको घरमा बस्दै आएका २४ वर्षका थापालाई उपचारार्थ सहयोग गरेका हुन् ।

थापालाई श्रीमति संघले नगद ४२ हजार २० रुपैयाँ सहयोग हस्तान्तरण गरेको बिमला कोइरालाले जानकारी दिइन् । दश दिनसम्म मणिपाल हस्पिटलमा उपचार गराएपछि थापा अहिले घरवाटै दैनिक डायलाइसिसको लागि पुग्ने गरेका छन् । उनको आर्थिक अवस्था कमजोर छ ।

थापाको वारेमा फेसवुकबाटै थाहा पाएको र आफ्नो गु्र्रपका साथीहरुबीच स्वेच्छिक रुपमा रकम संकलन गरेर हस्तान्तरण गरिएको कोइरालाले बताइन् । गु्रपका विमला कोइरालाका साथै रेवता वस्नेत, जुना घिमिरे, उषा निरौला र रिरु राना गौतमले सहयोग संकलनको नेतृत्व गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...