बिरौटा चौतारीमा नयाँ नेतृत्व

पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको अध्यक्षमा सावित्रा पौडेल निर्वाचित भएकी छन् । लायन वर्ष २०१९÷२० को लागि क्लबले निर्वाचनमार्फत सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको क्लबका बर्तमान अध्यक्ष रजनी कोइराला बरालले जानकारी दिइन् ।

क्लबको प्रथम उपाध्यक्षमा रेखादेवी पोखरेल, द्वितीय उपाध्यक्षमा गीता पराजुली, तृतीय उपाध्यक्ष कल्पना अर्याल, सचिवमा प्रतिमा शर्मा, क्लब एडमिनिस्टेटरमा विद्या पौडेल अधिकारी, कोषाध्यक्षमा गोमा कार्की, सहसचिव लक्ष्मी बराल आचार्य र सहकोषाध्यक्षमा शान्ती सिग्देल चयन भएको निर्वाचन संयोजक तथा क्लबकी संस्थापक अध्यक्ष दुर्गा कुमारी आचार्यले जानकारी दिइन् ।

मेम्वरसिप चेयर पर्सनमा अमृता अधिकारी, पीआरओमा सीता आचार्य, क्लब सर्भिसचेयर पर्सनमा प्रमिला रानाभाट, क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा सरस्वती बराल, हेल्थ डाइरेक्टरमा सुस्मा पौडेल, सोसियल डाइरेक्टरमा दुधिमाया गुरुङ छन् । क्लबका लायन वर्ष २०१८÷१९ का अध्यक्ष रजनी कोइराला बरालको अध्यक्षतामा कार्यक्रम भएको हो । क्लबको निर्वाचन पर्यटकीय क्षेत्र घान्द्रुकमा भएको हो ।

You might also like

Comments are closed.