बिरौटा सञ्चयकोषको भवनमा माछापुच्छ्रे बैंकको एक्स्टेन्सर काउन्टर, बिमा रकम भुक्तानी

आर्थिक आवाज
पोखरा, ४ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले पोखराको बिरौटास्थित सञ्चयकोषको भवनमा एक्स्टेन्सर काउन्टर विस्तार गरेको छ । काउन्टरको आइतबार एक कार्यक्रमका बीच बैंकका गण्डकी प्रदेश प्रमुख भुवनसिंह खत्री र सञ्चयकोषका पोखरा प्रमुख दिलीपराज पौडेलले संयुक्त रुपमा उद््घाटन गरेका छन् ।

सञ्चयकोषका ग्राहक तथा आसपासका सर्वसाधरणलाई लक्षित गरी काउन्टर विस्तार गरिएको बैंकका प्रदेश प्रमुख भुवनसिंह खत्रीले जानकारी दिए । नेपालभर बैंकका १ सय ५७ वटा शाखा सञ्जाल छन् । एक्स्टेन्सर काउन्टर ५ वटा, एटिएम १ सय ९१ वटा छन् । ब्रान्च लेस बैंकिङ १ सय ५७ वटा छन् । बैंकको गण्डकी प्रदेशमा २३ वटा शाखा, २ एक्स्टेन्सर काउन्टर छन् ।

यसैबीच, बैंकमा स्मार्ट बचत खाता खोलेका ग्राहक र ग्राहकको परिवारलाई मेडिकल बिमा बापतको रकम बैंकले भुक्तानी गरेको छ । हृदयघात भइ बिरामी भएकी दुर्गादेवी सुवेदीका श्रीमान शान्त सुवेदीलाई २ लाख ३६ हजार ५ सय २३ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । एपेन्डिक्सको अप्रेसन गराएकी दुर्गा शर्मालाई ६६ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

स्मार्ट सेलरी एकान्ट, स्मार्ट बचत, माछापुच्छ«े बचत खाता योजनामा समावेश भएर खाता खोलेका ग्राहकलाई बैंकले दुर्घटना तथा औषधी उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । बिमा भुक्तानी पाउँदा बैंकप्रति विश्वास बढेको र परिवारमा खुसियाली छाएको दुर्गादेवी सुवेदीका श्रीमान शान्त सुवेदीले बताए ।

You might also like

Comments are closed.