बिश्वब्यापी संस्था कमन वेल्थ इण्टप्रेनर नेपाल च्याप्टरको अध्यक्षमा पोखराका गिरी

 

पोखरा ।
विश्वका ५४ देशमा शाखा रहेको ब्यबसायीहरुको साझा संस्था कमन वेल्थ ईन्टरप्रेनर क्लबको नेपाल च्याप्टरमा पोखरा ७ रत्नचोकका रिधिन्द्र गिरी चयन भएका छन् । यो संगै संस्थाले गिरीलाई बिश्वब्यापी समितिको सल्लाहकार सदस्यमा पनि चुनेको छ ।

बिश्वभरि १५ हजार सदस्य रहेको यो क्लबले गरिबी निवारण गर्न अन्तराष्ट्रिय निजि क्षेत्र र सम्बन्धित मुलुकको सरकार संग साझेदारी गरि काम गर्दछ । क्लबले पुंजीमा पहुँच, वितरण ,नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । कमन वेल्थ बेलायतको उपनिवेश भएर स्वतन्त्र बनेका राष्ट्रका व्यवसायीको संस्था भए पनि नेपालको गरिबी निवारण र युवा शक्तिलाई स्वदेशमै उत्पादनमुखी बनाउने उदेश्यले नेपाललाइ आमन्त्रित सदस्य बनाएको अध्क्ष्य गिरीले बताए ।

सीई क्लब सग व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क छ जुन रोजगारी सिर्जना गर्न र गरिबी निवारण गर्न सीइ को माध्यमबाट आर्थिक र सामाजिक रुपमा तयार रहेको अध्क्ष्य गिरीले जानकारी दिंदै भने ूअफ्रिका, एशिया, युन र ईयूका निर्णय निर्माताहरूसँग काम गर्दछौं जसको मध्यम बाट साना र मध्यम उद्यम सहित पूर्वाधार विकास, लगानीका अवसरहरू र व्यापार वृद्धि कसरी गर्ने भन्ने कुरामा कार्यक्रम चालाउछौ । हाल जापानमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका गिरीले तत्कालनै नेपालका केहि समुदायलाइ सहयोग र उत्पादनमुखी ब्यबसायमा लाग्न प्रेरित गरेर आयोजनानै संचालन गर्ने अध्क्ष्य गिरीले बताए । कमन वेल्थ इण्टप्र्रेनरको मुख्य कार्यालय बेलायतको लन्डनमा छ ।

You might also like

Comments are closed.