बिहीबार देशभर थपिए ५२५ जना कोरोना संक्रमित

काठमाडौं । बिहीबार एकदिन नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उक्त संख्यामा कोरोनाका बिरामी थप भएका हुन् ।

२४ घन्टाका अवधिमा देशभर ९ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको थियो । काठमाडौं उपत्यकामा मात्रै बिहीबार १ सय २७ जना संक्रमित थप भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितका कूल संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

You might also like

Comments are closed.