काठमाडौं ।
यो साताको शुरुवात सँगै घटेको सुनको मूल्य आज भने बढेको छ । बुधबार ६ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले बढेको हो ।
छापावाला सुनको मूल्य बिहिबार ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सूनको मूल्य पनि २ हजार ४ सय रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।
Comments are closed.