आर्थिक आवाज
पोखरा, २० पुस । वातावरण तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बाबा फाउण्डेसन नेपालले पोखरा महानगरपालिका वडा नम्बर ४ फिर्केपुलस्थित बुढानिलकण्ठ आवासीय किरिया कर्म भवनका लागि डस्बिन सहयोग गरेको छ ।
पोखरेली आमा उत्तरकुमारी पालिखेप्रति श्रद्धाञ्जली अर्पणका अवसरमा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले डस्बिन हस्तान्तरण गरेका हुन् । भवन परिसरको फोहर संकलनका लागि र सार्वजनिक ठाउँको फोहरलाई व्यवस्थित गर्न सघाउने उद्देश्यले फाउण्डेसनले डस्बिन सहयोग गरेको श्रेष्ठले बताए ।
Comments are closed.