बुढिबजारमा खुल्यो जनता बैंकको शाखा

पोखरा, ६ चैत । जनता बैंक नेपाल लिमिटेडले कारोबार बिस्तारको क्रममा २ वटा शाखा र ५ वटा शाखा रहित बैकिङ कारोबार विस्तार गरेको छ । यसैक्रममा पोखराको बुढिबजारमा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सोमबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ ।

साथै बाराको सिमरौनगढ शाखा पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । कैलालीको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्ती गाउँपालिका ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल देश भरबाट ९८ वटा शाखा, ३१ वटा शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.