पोखरा, २७ बैशाख
२५६३ औं बुद्ध जयन्तीको अवसरमा पोखरामा साताव्यापी कार्यक्रम हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती समारोह समिती कास्की, पोखरा र बैदाम तामाङ सेवा समाजले कार्यक्रम बारे जानकारी गराएको हो ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे माथी तपोवन भुमी शितलवनमा निर्माण गरेको पेमा धेछेनलिङ गुम्वा बाट सुरु हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । बैशाख २९ गते विहान ७ बजे सो गुम्वामा सप्ताहव्यापी कार्यक्रमको विधिवत शुभारम्भ हुनेछ । उक्त दिन गुम्वामा बुद्ध वचन, विश्व शान्ती र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाङ अभिषेक हुने तामाङले बताए ।
पेमा धेछेनलिङ गुम्वामा हुने कार्यक्रमका लागि बैदाम तामाङ्ग सेवा समाजका सदस्य शेरबहादुर तामाङ्गको संयोजकत्वमा व्यवस्थापनका बिभिन्न उपसमिती पनि बनाइएको छ । जस अन्र्तगत पुजा व्यवस्थापन उपसमितीमा जीवन लामा र पद्मे लामालाई तोकिएको छ । ,कार्यक्रममा लामा गुरुहरुद्धारा विश्वशान्तीको पुजा तथा बुद्ध बन्दना हुनेछ । बुद्ध प्रतिमालाई जल स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतको कार्यक्रम समावेश गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको अघिल्लो दिन अम्बोटबाट बुद्ध प्रतिमाको परिक्रमा गरि सोही गुम्वामा पुजा अर्चना गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
सोही दिन युवा बौद्ध संघको आयोजनामा वालमन्दिर स्कुल नदिपुरमा स्वास्थ्य शिविर हुनेछ । ४ गते सम्म हुने सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैशाख ३० गते धर्म देशना, भोजन तथा प्राणदान, ३१ गते प्रभातफेरी, गणचक्र पुजा लगायतका कार्यक्रम हुने मुल आयोजक समिती संयोजक नरेन्द्र लालचनले जानकारी दिए । जेठ १ गते धर्मदेशना, प्रवचन समारोहका साथ विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । जेठ २ गते भिक्षु सुभद्रको स्मृतिसभा, सरसफाइ जेठ ३ गते भोजन दान कार्यक्रम तय गरिएको छ । जेठ ४ गते शान्ती र्याली, दीप यात्रा, ज्ञानमाला भजनसंगै धर्मशिला बुद्धविहार भवन निर्माणको शिलान्यास तथा मुल समारोहका कार्यक्रम हुनेछ ।
Comments are closed.