बुद्ध बिशाल बजारको बिशेष भेला तथा भित्तेपात्रो विमोचन

पोखरा, २८ चैत ।

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको विशेष भेला तथा नयाँ वर्ष २०७६ सालको भित्रैपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले व्यावसायिक हकहितमा एसोसिएसन सक्रिय रहेको बताए ।

कार्यक्रममा वोल्दै संस्थापक तथा मानार्थ सदस्य सुदीप ढकालले व्यावसायिक एकता अनिवार्य रहेको बताए । व्यावसायिक एकताकै कारण एसोसिएसनले राम्रो काम गरेको बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मी, सल्लाहकार ध्रुवप्रसाद रेग्मी, महासचिव ईन्द्रराज अर्याल, सचिव बुद्धि बहादुर कुँवर, प्रेश सललाहकार नवीन सिग्देल लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.