बुद्ध विशालबजारमा हरेक सामान खरिदमा १५ देखि २५ प्रतिशत छुट

आर्थिक आवाज
पोखरा, १५ असोज । नेपालीहरूको महानपर्व दसैं तिहारलाई लक्षित गरी पोखराको मुख्य व्यापारिक केन्द्र बुद्व बिशाल बजारले विशेष छुट योजना सार्वजनिक गरेको छ । ग्राहकको सेवा सुविधालाई ध्यान दिदै विषेश छुट योजना ल्याइएको बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव खत्रीले जानकारी दिए ।

ग्राहक बर्गलाई उपाहार भन्दा नी गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको खत्रीले बताए । दसैं तिहारको अवसरमा बुद्व विशाल बजार शनिबार पनि खुला रहने खत्रीले बताए ।

‘उपहार पहिलेपहिले नगद १५ देखि २५ प्रतिशत छुट अहिले’ नाराका साथ बुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको एशोसियसनका महासचिव इन्द्रराज अर्यालले जानकारी दिए ।

You might also like

Comments are closed.