बुद्ध विशाल बजारको २०औं साधारणसभा

पोखरा, २४ भदौ । बुद्व विशाल बजार व्यापारिक एसोसियसनको २०औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले व्यवसायीका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

संस्थाका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजू, पोखरा ४ का अध्यक्ष शंकरपसाद बास्तोला, बुद्व विशाल बजार व्यापारिक एसोसियसनका कानुनी सल्लाहकार जगन्नाथ ढकाल, मानार्थ सदस्य सुदीप ढकाल, महासचिव ईन्द्रराज अर्याल, कोषाध्यक्ष राज केसी, कपडा व्यवसायी समिति कास्कीका अध्यक्ष नवीन नापित लगायतले बोलेका थिए । उपाध्यक्ष शिव शर्माले स्वागत, निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले धन्यवाद ज्ञापन र महासचिव ईन्द्रराज अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

पुराना व्यवसायी विष्णरुाज अर्याल, पकाश श्रेष्ठ, पकाश पौडेल र सुरेन्द्र थापालाई उक्त अवसरमा सम्मान गरिएको अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । कार्यसमिति सदस्यकाहरुमा पवीण महर्जन, उत्कृष्ट उपसमिति संयोजकमा बुद्विबहादर कँवर र उत्कृष्ट सुरक्षागार्डमा कमसेर गुरुङलाई सम्मान गरिएको छ ।

व्यवसायीका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने सुरज शाह, प्रशंसा बराल र १० जोड २ उत्तीर्ण अस्मिता नेपालीलाई सम्मान गरिएको छ ।

You might also like

Comments are closed.