बुद्ध विशाल बजारमा सिसि क्यामेरा र फ्रि वाईफाई

पोखरा, ३ जेठ ।
पोखराको बुद्ध विशाल बजारमा बिहीबारदेखि सिसि क्यामेरा र फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियशनले सिसि क्यामेरा, वाईफाईसँगै बजारमा कार्यरत पाँच जना सुरक्षाकर्मीलाई वाकीटकी सेट पनि प्रदान गरेको छ ।बजारभित्रको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने उदेश्यले सिसि क्यामेरा संचालनमा ल्याइनुको साथै सुरक्षाकर्मीलाई वाकीटकी सेट प्रदान गरिएको हो ।एशोसियशनले बिहीबार आयोजना गरेको कार्यक्रममा एशोसियशनका अध्यक्ष केशव खत्रीले सिसि क्यामेराको शुभारम्भ गरेका थिए ।

अध्यक्ष खत्री सहित निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मीले फ्रि वाईफाई सेवा शुभारम्भ गरे भने अध्यक्ष खत्रीले एशोसियशनका सचिव एवं सुरक्षा संयोजक बुद्विबहादुर कुँवरलाई वाकीटकी सेट हस्तान्तरण गरे ।कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले प्राथमिकताका साथ बजार व्यवस्थापनलाई ध्यान दिइएको बताए ।उनले शटरको भुईमा टायल , छतमा जिप्सन वोर्ड र पार्किङ व्यवस्थापनसँगै अत्याधुनिक बजार बनाउने लक्ष्य लिएको उल्लेख गरे ।एशोसियशनका निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मीले समय सापेक्ष सेवा÷सुविधा बिस्तार गर्दै लैजान आवश्यक भएको बताए ।त्यस अवसरमा बुद्व विशाल बजार व्यापारिक एशोसियशनका प्रेस सल्लाहाकार नवीन सिग्देलले पनि बोलेका थिए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।

You might also like

Comments are closed.