बुद्व विशाल बजारद्वारा रक्तदान आयोजना, ६९ युनिट रगत संकलन

पोखरा, ९ भदौ ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहाकार माधवप्रसाद सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष बास्तोलाले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्नु प्रशंसनीय भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य गिता तिवारी गौतमले व्यवसायीबीच एकता आवश्यक भएको औल्याईन् । बुद्व विशाल बजार व्यापारिक एशोसियशनका निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले व्यवसायीक समस्या समाधानका लागि बुलन्द आवाज उठाउनेलाई पोखरा उद्योग वाणिज्य संघमा चुन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार माधवप्रसाद सिग्देल, पूर्वअध्यक्ष बलराम गौतम, बुद्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद पोखरेल, साँघुमुख महेन्द्रपुल व्यवसायी एशोसियशनका अध्यक्ष रामेश्वर अधिकारी, रक्त संचार केन्द्र पोखराका प्राविधिक ध्रुवमणि लामिछाने, संस्थाका प्रेस सल्लाहाकार नवीन सिग्देल लगायतले बोलेका थिए । सो अवसरमा ५० औं पटक रक्तदान गर्ने संस्थाका सदस्य धु्रवप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । उनलाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव ईन्द्रराज अर्यालले संचालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.