बुधबार थपिए २४ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । बुधबार मात्रै नेपालमा थप २४ जनामा कोरोना देखिएको छ ।

रुपन्देही, पर्सा, कपिलवस्तु, र नवलपरासीमा कोरोनाका नयाँ विरामी थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमित २४३ पुगेका छन् । नेपालमा कोरोना संक्रमण बढेसँगै त्रास बढेको छ ।

You might also like

Comments are closed.