बुधबार बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य बुधवार ९५ हजार ९ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ रहेको छ ।

lcci
You might also like

Comments are closed.