बृद्ध तथा बाल आश्रमलाई उज्वल सहकारीको सहयोग

पोखरा, ३० पुस ।

उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ  पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११औं स्थापना दिवसको अबसर पारेर आईतबार एक कार्यक्रमको आयोजना गरी कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई भान्साका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष योगराज पौडेल र प्रमुख अतिथी अग्रज पत्रकार नारायण कार्कीले कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका अध्यक्ष दुर्गा गौतम र सचिब तिलकशाली अधिकारीलाई भान्साका सामाग्री हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्कीले बृद्ध बुबाआमा बृद्धाश्रम जानुपर्ने दिनको अन्त्य हुनुपर्नेमा जोड दिए । असाय जेष्ठ नागरिकको सेवामा कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमले पुर्याएको योगदान सह्रानिय रहेको बताए । कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका सचिब तिलकशाली अधिकारीले २०३९ सालमा स्थापना भएर पनि ओझेलमा परेको यस आश्रमलाई गरेको सहयोग प्रति आभार व्यक्त गर्दै अगामी दिनमा निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

सहकारी संस्थाका अध्यक्ष योगराज पौडेलले सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामजिक क्षेत्रमा केही गर्नुपर्छ भनेर बृद्धाश्रम रोजेको भन्दै सहरबाट केही टाढा रहेको र ओझेलमा परेको बृद्धाश्रमलाई सहयोग गर्न पाँउदा खुसी लागेको बताए । उनले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका कोषाध्यक्ष इन्दिरा बराल, कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितिका सदस्य एवं समाजसेबी महेश्वर पाण्डे लगायतले बोलेका थिए ।

कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रममा अहिले ६ जना महिला र २ जना पुरुष गरि ८ जना जेष्ठ नागरिकले आश्रय लिईरहेको आश्रमले जनाएको छ ।

You might also like

Comments are closed.