बेगनासताल वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव दुई महिना भित्र तयार गर्न महानगर प्रमुखको आग्रह

आर्थिक आवाज
पोखरा । पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले बेगनास ताल वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव दुई महिना भित्र तयार गर्न आग्रह गरेका छन् । पोखरा ३१ बेगनासतालको मन्दरे पार्कमा भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञमा उक्त कुरा व्यक्त गरे ।

वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरी महानगरमा पेश गरेपछि महानगरले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । विराट ज्ञान महायज्ञमा मन खुलाएर दान गरी सहयोग गर्न सम्पूर्ण भक्तजनहरुमा आग्रह गर्दै महायज्ञको लक्ष्य पूरा गर्न बाँकी रहेमा महानगरले पूरा गर्ने समेत सो अवसरमा बताए ।

राष्ट्रिय परोपकार महासंघको आयोजना र विभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा भइरहेको विराट ज्ञान महायज्ञमा दान गर्ने श्रदाजु भक्तजनहरु भिड लागेको छ । बिहीबारसम्म ६० लाख ५ सय ४२ रकम संकलन भएको कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.