बेगनासताल सरसफाई दोश्रो हप्तामा

पोखरा २७ माघ ।
बेगनास युवा क्लवले शुरु गरेको साताव्यापी सरसफाई कार्यक्रम दोश्रो हप्तामा प्रवेश गरेको छ । क्लवको आयोजनामा शनिवार बेगनासताल वरपरको क्षेत्र, ओभरफ्लो, तालको ड्यामसाइड मन्दरेपार्क लगायतका क्षेत्रमा सरसफाई गरिएको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले जानकारी दिए ।

क्लवका सदस्य, स्थानीय महिला समूह, बजार व्यवस्थापन समिति, सुरक्षाकर्मी, रिठ्ठेपानी युवा क्लव, विभिन्न लायन्स क्लव लगायत सयौं जनाको सहभागितामा सरसफाई गरिएको थियो । सरसफाईका क्रममा २० वोरा फोहर संकलन भएको अध्यक्ष रानाभाटले जानकारी दिए । अर्को हप्ता तालको ड्यामसाइड र पिकनिक स्थल सरसफाई गरिने क्लवले जनाएको छ । अभियान अन्तर्गत फेवातालमा जलकुम्भी झार सफा गर्ने मेशिन ल्याएर बेगनास तालको जलकुम्भी पनि सफा गर्न पहल भैरहेको अध्यक्ष रानाभाटले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ लाई कार्यक्षेत्र बनाएको क्लवले गत हप्ता देखी शुरु गरेको वेगनास सरसफाई कार्यक्रम दोश्रो हप्तामा प्रवेश गरेको हो । सरसफाई अभियानको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान वहादुर जि. सि ले शुभारम्भ गरेका थिए ।

You might also like

Comments are closed.