बेगनास र रुपाताल क्षेत्रका सिमान्तकृतलाई राहत

लेखनाथ ।
बेगनास र रुपाताल क्षेत्रमा रहेका करिव ४०० जना गरिव तथा सिमान्तकृत आदीवासी समुदायलाइ बुधबार राहत वितरण गरिएको छ । सामाजिक विकासमा सक्रिय बिकास बेल्जीयम संस्थाको सहयोगमा पोखरा ३१ को वडा कार्यालय र रुपागाउँपालिकाले करिब ८ लाख रुर्पैया बराबरको राहत वितरण गरिएको छ ।

बेगनासताल र रुपाताल वरपर रहेका करिव १०० परिवार जलारी सहित स्थानीय मुस्लीम, दलित र ज्यालादारी मजदुरका लागि उक्त राहत वितरण गरिएको हो । यहाँका धेरैजसो रैथाने स्थानीयवासीहरु आफ्नो जीवनयापनका लागि धेरैजसो प्राकृतिक स्रोतसाधनमा निर्भर रहने गरेका छन् । पछिल्लो समय जलवायु परिवर्तन र तिव्र भौतिक निर्माण तथा शहरीकरणले उनिहरुको जिविका पनि प्रभावित भइरहेको भन्दै यस्ता समुदायलाइ राहतका लागि विशेष प्राथमिकता दिइएको विकास बेल्जीयम सम्बद्ध उक्त राहत वितरण कार्यक्रम संयोजक पदमराज पौडेलले बताए ।

उक्त राहत वितरण कार्यक्रमलाइ संबोधन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विपन्न, गरिव तथा आदीवासी समुदायको अवस्था प्रति सँधै चनाखो र गम्भिर बन्न यस्ता कार्यक्रमहरुले स्थानीय सरकारलाइ समेत प्रेरणा प्रदान गर्ने बताए ।

राहत स्वरुप उनिहरुलाइ एकबोरा चामल, दाल, सोयविन, सावुन, तेल र नुन लगायतका सामग्री प्रदान गरिएको थियो । परिवारको संख्या र आर्थीक अवस्थाको आधारमा अहिले निर्धारित लकडाउन समय अवधीलाइ धान्ने गरि उक्त राहत बाँडिएको वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापाले बताए ।

राहत वितरण कार्यक्रममा रुपा गाउँपालिका प्रमुख नवराज ओझा, पुर्व एसएसपि राजेन्द्र ढकाल लगायत सामाजिक कार्यकर्ता खड्गबहादुर केसी, सन्तोष भुर्तेल, अनिल पन्थी, ध्रुव पन्थि, अपुर्वा ढकाल लगायत अन्य सरोकारवालाको सहभागिता थियो ।

You might also like

Comments are closed.