बेनेलीको रोड सो सम्पन्न, दशैतिहारको स्किममा थाइल्याण्ड घुमाउने

पोखरा, १६ असोज

पोखरामा बेनेली बाइकको फ्रि सर्भिस क्याम्प तथा रोड सो सम्पन्न भएको छ । इटालिएन कम्पनी बेनेली बाइकको पोखराका लागि आधिकारिक विक्रेता लोमस इन्टरप्राइजेजले उक्त कार्यक्रम गरेको हो । रोडसो बेनेली बाइकको विक्रेता लोमस इन्टरप्राइजेजको कार्यलय नयाबजारबाट शुरु भई बेगनासमा पुगेर सकिएको इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए ।

रोडसो पश्चात बेगनासको गुडलक रिसोर्टमा बाइक युजरले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । यस क्षेत्रमा बेनेलीको बिक्री राम्रो रहेको श्रेष्ठले बताए । अहिले सम्म ९० वटा बाइक बिक्री भइसकेको उनले जानकारी दिए । इन्टरप्राइजेजले नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा बाइक खरिदमा स्किम पनि सार्वजनिक गरेको छ ।

जसमा हरेक बाइक खरिदमा स्क्र्याच कुपनबाट ५ हजार देखि ५० हजार रुपैया सम्मको नगद छुट पाउन सकिने छ । बम्पर पुरस्कार अन्र्तगत गोलाप्रथाबाट एक जनाले एक लाख नगद तथा ३ जनाले थाइल्याण्ड भ्रमणको अवसर पाउनेछन् । सर्भिस क्याम्पमा मोविल तथा पार्टसहरुमा बिशेष छुट पनि दिइएको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...