बेपत्ता भएकी पुनम खत्रीलाई खोजिदिन परिवारको आग्रह

पोखरा । पोखरा १९ लामाचौर निवासी ३० वर्षीया पुनम खत्री जेठ ८ गतेदेखि बेपत्ता भएकी छन् । परिवारसँग सम्पर्क बिहीन भएकी खत्रीलाई खोजिदिन परिवारले आग्रह गरेका छन् । बुहारीलाई खोजिदिन आग्रह गर्दै ससुरा हरिबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवदेनसमेत दिएका छन् ।

फेला परेमा परिवारलाई ९८१६१६६०३९ र ०६१–४४१३५२ मा फोन गरिदिन परिवारले आग्रह गरेका छन् । जेठ ८ गतेदेखि बेपत्ता उनी घरमा र स्याङजा बाडखोलामा रहेको माइतमा समेत सम्पर्कमा छैनन् । होचो कद, मोटो शरिर, गहुँगोरो बर्ण भभएकी पुनम हराउँदाको दिन निलो पाइन्ट र गेरु रंगको सर्टमा थिइन् ।

You might also like

Comments are closed.