बेलारुसमा सबैभन्दा बढि आलु खान्छन्, नेपालमा कति ? (सन्दर्भ : हेमजा आलु महोत्सव)

– बुद्धि मल्ल
नायव प्रमुख कार्यकारी अधिकृत, ओम डेभलपमेन्ट बैंक लिमिटेड

आलु संसारमा उत्पादन हुने चौथो ठुलो खाद्यन्न हो । संसारमा मकै, गहुं र चामलपछि आलुको सबैभन्दा धेरै उत्पादन हुन्छ । सन् २०१४ मा संसारभर ३८ करोड १६ लाख टन आलुको उत्पादन भएको थियो जसमध्ये चीनमा ९ करोड ६० लाख टन, भारतमा ४ करोड ५३ लाख टन, रसियामा ३ करोड २ लाख टन र नेपालमा २६ लाख ९० हजार टन उत्पादन भएको थियो ।

एउटा कांचो आलुमा ७९ प्रतिशत पानी, १७ प्रतिशत कार्वाेहाइड्रेड (जसमध्ये ८८ प्रतिशत ग्लुकोज पाइन्छ) र २ प्रतिशत प्रोटिन पाइन्छ । १०० ग्राम आलुमा ७७ क्यालोरी शक्ति प्रदान गर्दछ । नेपालीहरुले खानामा चामल र आलुको सर्वाधिक प्रयोग गर्दछन् । आलुमा भन्दा चामलमा बढि प्रोटिन पाइन्छ भने चामलमा भन्दा आलुमा बढि फाइबर पाइन्छ ।

सन् २०११ को डाटा अनुसार संसारभरमा प्रतिब्यक्ति प्रतिवर्ष सरदर ३२.६ किलो आलु खाने गर्छन । डाटा अनुसार बेलारुसमा प्रतिब्यक्ति सबैभन्दा बढि प्रतिवर्ष सरदर १८५.२० किलो आलु खपत गरिएको थियो भने रसियामा १११.५० किलो प्रतिब्यक्ति, क्यानाडामा ७८.४० प्रतिब्यक्ति खपत भएको थियो । नेपालमा यो आंकडा प्रतिब्यक्ति ७५.१० किलो रहेको छ जुन बिश्वको सरदर भन्दा झण्डै दोब्बर रहेको छ ।

आजबाट पोखराको हेम्जामा नवौं हेम्जा राष्ट्रिय महोत्सव शुरु हुन गइरहेको छ । सन् २००८ मा विश्व आलु वर्ष मनाइएको थियो । सन् १९९३ बाट २००८ सम्म आइपुग्दा नेपालमा आलुको उत्पादन ३ गुण बढेर लगभग आत्मनिर्भरको अवस्थामा आइपुगेको थियो । तर, अझै पनि नेपालका आलुका विविध उत्पादनहरु चिप्स लगायतका विविध विदेशी खाद्य पदार्थहरुको ठुलो खपत हुने गर्छ र नेपाली उत्पादनहरुको लागि पनि आलुहरु भारत र चीनबाट आयात गर्ने गरिन्छ ।

करिब २ करोड ९० लाख नेपालीहरुले वर्षमा सरदर प्रतिब्यक्ति १ किलो बढि आलु खाएमा पनि २ करोड ९० लाख किलो आलुको आवश्यक्ता पर्छ । त्यसैले आलुको अझै पनि ठुलो सम्भावना देखिन्छ । भविष्यमा नेपालमा कुनै पनि उद्यमीहरुले आलुका विभिन्न उत्पादनहरु जस्तै चिप्स लगायतका अन्य उत्पादहरु उत्पादन गर्न चाहेमा त्यसको लागि आवश्यक आलुको लागि नेपाली आलुको प्रयोग गर्ने बातावरण निर्माण गर्न सकिएको खण्डमा नेपालको आलुले बिश्व बजार पाउन सक्छ ।

संसारभर आलुका ५०० भन्दा बढि परिकारहरु बन्छन् । संसारभरमा प्रख्यात फ्रेन्च फ्राई, ममदेखि लिएर भोड्का पनि बन्छ । पोखरा पर्यटनको हिसाबले विश्वकै अति उत्तम ठाउँ भएकाले हेम्जा जाउँ, आलु खाउँ भन्ने नारा सहित आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हेम्जाको आलुले लोभ्याउन सकिए खाना पर्यटन मार्फत पर्यटनको विकास गर्न मद्धत मिल्नेछ ।

अन्तमा, नेपाल कृषि प्रद्यान देश भएपनि अझैपनि ठुलो मात्रमा कृषि उपच सामग्रीहरु भारत, चीन लगायत अन्य देशहरुमा निर्भर पर्नुपरको छ । आलु एउटा सम्भावान बोकेको खेति भएकाले यसमार्फत भएपनि आयात घटाएर निर्यात बढाई केही हदसम्म ब्यापर घाटा घटाउन मद्धत हुन सक्छ । युवाहरुलाई ब्यावसायिक कृषि कर्जाको लागि नेपाल राष्ट्र बैंकबाट सहुलियत कृषि कर्जा पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेको सन्दर्भमा आलुको उत्पादन तथा प्रवद्र्धनको लागि आफ्नो आफ्नो ठाउँबाट पहल गरौं । नवौं हेम्जा राष्ट्रिय आलु महोत्सवको हार्दिक मंगलमय शुभकामना ।

साभार : मल्लको फेसबुक वालबाट

You might also like

Comments are closed.