बेष्ट फाइनान्सको कनेक्ट आईपिएस सेवा

पोखरा ।
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

हकहरुलाई सुरक्षित भई आप्mनो घर÷अफिस बाटै ईन्टरनेट तथा मोवाईल लगायतका बिद्युतिय माध्यमबाट बैकिङ कारोेवार तथा बिभिन्न भुक्तानी गर्न सहज होस् भनी फाइनान्सले यो सेवा सुरुवात गरेको बताइएको छ । ग्राहकहरुले यो सेवा लिन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वेबसाइटमा तोकिए बमोजिमको फारम भरी, दर्ता गरेर सो को प्रति सहित फाइनान्सको पायक गर्ने शाखामा सम्पर्क गरी सुविधा उपयोग गर्न सक्नेछन ।

यो सेवा मार्फत सरकारी महसुल एक बैकबाट अर्को बैकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड विल भुक्तानी, मोवाईल रिचार्ज, शेयर कारोवारको भुक्तानी लगायत अन्य बिभिन्न सुविधा उपभोग गर्न सकिने फाइनान्सका प्रमुख अधिकारीले बताए ।

You might also like

Comments are closed.