बेष्ट फाइनान्सको तालिम तथा बजेट कन्फ्रेन्स

पोखरा, ८ असार

काठमाण्डौको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले पोखरामा तालिम र बजेट कन्फ्रेन्स सम्पन्न गरेको छ । फाइनान्सले शाखा प्रबन्धकका लागि क्रेडिट प्रपोजल लेखन तालिम र विभागीय प्रमुखका लागि आगामी आ.ब को कार्य योजनाका लागि बजेट कन्फ्रेन्स गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । तालिम २ दिन सम्म चलेको थियो ।

तालिमका प्रमुख प्रशिक्षक वि.एन. घर्ती ले सहभागीलाई क्रेडिट प्रपोजल लेखनका विषय लगायत वित्तीय बजारको विविध विषयमा सहजीकरण गरेका थिए । फाइनान्सका १४ शाखाका शाखा प्रबन्धक विभागीय प्रमुख सहित २५ जनाको सहभागिता रहेको उक्त तालिम र बजेट कन्फ्रेन्समा फाइनान्सले हालसम्म गरेको प्रगति विवरण र अबको वर्षमा गर्ने कार्ययोजनाका विषयमा तयारी स्वरुप यो कन्फ्रेन्सको आयोजना गरिएको सिइओ तोयराज अधिकारीले बताए ।

You might also like

Comments are closed.