बेष्ट फाइनान्सको हकप्रद शेयर लिलाम बिक्रीका लागि आबेदन खुल्ला

आर्थिक आवाज
पोखरा, ५ पुस । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लि.तर्फको संस्थापक र सर्वसाधरणतर्फको कुल ८ लाख ५ हजार ८४ दशमलव ४७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न सर्वसाधारणका लागि आबेदन खुल्ला गरेको छ ।

हकप्रद शेयर खरिदका लागि २०७५ पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद शेयर जारी गरी आवेदन माग गरेकोमा पूर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सूचना जारी गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।

कम्पनीले शेयरको न्युनतम मूल्य एक सय मात्र तोकेको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि कम्पनीको सम्पूर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने अधिकारीले बताए ।

You might also like

Comments are closed.