बेष्ट फाइनान्सको २२ औ वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं, १७ फागुन ।

काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पदमराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सभाले आ.व. २०७४÷०७५ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व. २०७५÷०७६ का लागि लेखापरीक्षकको नियुक्ती गर्नुका साथै साविक सिनर्जी फाइनान्सका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरु क्रमशः कृष्णहरी श्रेष्ठ, सुरज क्षेत्री तथा बेबीजन तिमिल्सीनाको नियुक्तीलाई समेत अनुमोदन गरिएको छ । साधारणसभाले संस्थाको संचालक समितिलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्विजिशनमा जानका लागि समेत अख्तियारी प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।

साधारण सभामा शेयरधनी महानुभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ तथा जानकारी संस्थाका अध्यक्ष पदमराज न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संयूक्त रुपमा दिएका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.