काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २४औं वर्ष पुरा गरि २५औं वर्षमा प्रवेश गरेको छ । फाइनान्सले वार्षिकोत्सवको अवसरमा काठमाडौं चावहिलस्थित सरस्वती मन्दिर, काठमाडौको न्यूरोड स्थित संकटा मन्दिरमा, बुटवलस्थित दुर्गा मन्दिर तथा बर्दघाटस्थित शिव मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले बताए ।
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आइरहेको तथा सो कार्य नियमित गर्दै जाने उनले बताए । काठमाडौंको कमलादिमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.