बेष्ट फाइनान्सले पुस्तकालयलाई पुस्तक हस्तान्तरण

पोखरा,२७ माघ
कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ स्थित जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु हस्तान्तरण गरेको छ ।

उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नर बहादुर वि.सी.लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुस्तकहरु हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...