बैंकको बढ्दो व्याजदर विरूद्ध यातायात व्यवसायी आन्दोलित

आर्थिक आवाज
पोखरा, २९ माघ । बैंक तथा वित्तीय संस्थाहरूले एकतर्फी व्याजदर वृद्धि गरेको भन्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले मंगलबार पत्रकार सम्मेलन गरि बढ्दो व्याजदर तत्काल घटाउन माग गरेको छ ।

बढेको व्याजदरले लगानीका लागि निजी क्षेत्रलाई निरूत्साहित गरेको समितिका अध्यक्ष केदार पौडेलले बताए । बढेको व्याजदर नघटाए थप आन्दोलन गरिने वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले बताए । व्याजदर वृद्धिका कारण गत वर्षदेखि नै यातायात क्षेत्रमा लगानी शून्य देखिएको महासचिव अमृत तिमिल्सिनाले बताए ।

You might also like

Comments are closed.