बैंकहरु आजबाट साबिककै समय अनुसार खुल्ने, भिडभाड हुने ठाउँमा ‘सिफ्ट वाइज वर्क’

काठमाडौं । आज सोमबार साबिकको कार्यालय समय अनुसार नै नेपालका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने गरी नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।

राष्ट्रबैंकले सूचना प्रकाशन गर्दै सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भिडभाड हुने स्थानमा आवश्यकता अनुसार ‘सिफ्ट वाइज वर्क’ को व्यवस्था गरी बिहान ८ बजेदेखि सेवा प्रदान गर्ने सुनिश्चितता गर्न पनि निर्देशन दिइएको छ ।

विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ ।

 

You might also like

Comments are closed.