बैंकिङ कसुरका दोषी जेल चलान   

 

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति जेल चलान भएका छन् । चेक अनादर मुद्दा (बैंकिङ कसुर) मा दोषी ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज जेल चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो । उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौंका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेका ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।

You might also like

Comments are closed.